पशुहरुको स्वास्थ्य जाँचविना ल्याउँदा खोरेत रोगको प्रकोप, नियन्त्रणमा वडा कार्यालयको सक्रियता

रविन्द्र कंडेल, असोज ३०
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ६ मा वाहिरी क्षेत्रबाट ल्याइएका पशुहरु स्वास्थ्य परीक्षणविना ल्याउँदा खोरेत रोगको प्रकोप बढेको छ । दशैंको बेला तराई लगायतका विभिन्न स्थानहरुबाट बढी मात्रामा पाडाहरु यस क्षेत्रमा भित्रिएका छन् । यसरी अन्यत्रबाट ल्याइएका पाडाहरुबाट नै पालुङ्टार ६ को तल्लोकसेरी र कमलटारमा बढी मात्रामा खोरेत रोग फैलिएको छ भने पौवाटारमा पनि छिटफुट रुपमा रोग देखा परेपछि रोग नियन्त्रणको लागी वडाध्यक्ष गोविन्द बराकोटीको पहलमा पालुङ्टार ६ का पशु चिकित्सक युवराज न्यौपाने सहितको टोलीले निशुल्क रुपमा खोरेतविरुद्धको भ्याक्सिन लगाइएको छ । ३१७ पशुहरुलाई लगाइएको भ्याक्सिनको लागी हाल स्थानीय नवराज न्यौपानेले लगानी गरेको भएतापनि पछि वडा कार्यालयबाट बजेट विनियोजन गरी भुक्तान गरिने वडाध्यक्ष बराकोटीले जानकारी दिनुभयो । बाहिरबाट ल्याइने पशुहरुको स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको समेत उहाँले बताउनुभयो ।

Back to top button