तनहुँ लोक आवाजमा १५ प्रतिष्पर्धी छनौट

तनहुँ समाचारदाता
दमौली , असोज २१ गते । तनहुँ लोक आवाज सिजन –२ मा दमौलीमा गरिएको छनोट प्रतियोगितामा १५ प्रतिष्पर्धी छनौट भएका छन् । तनहुँ कलाकार सङ्घ द्धारा आयोजित लोक गित गायन प्रतियोगिताको छनोटमा परेकाहरू  दोस्रो चरणमा प्रवेश गरेका छन् ।
सर्जक तथा गायकद्धय दिलिप कुमार श्रेष्ठ, विन खाती र गायिका सुभद्रा श्रेष्ठले प्रत्यक्ष बाजा सँगै प्रतियोगीलाई मुल्याङ्कन गरि १५ जनालाई छनौट गरिएको हो । छनौटमा परेका कलाकारहरुले गायन प्रशिक्षण लिने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । सङ्घका अध्यक्ष याम सागर विकले मौलिक कला र सस्कृतीलाई संरक्षण गर्नुका साथै प्रवद्र्धन गर्न सक्ने कलाकार उत्पादन गर्ने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनु भयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, द्धितीयले २० हजार तृतीयले १० र सात्वनाले ५ हजार नगद पुरस्कार सहित आकर्षक अवसरहरु प्राप्त गर्ने सङ्घका उपाध्यक्ष अशोक विश्वकर्माले जानकारी दिनु भयो ।

Back to top button