विप्लव’ नेतृत्वको नेकपाका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमालसहित तीन पक्राउ

गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमालसहित तीन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

इन्चार्ज कुमालसहित अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुशान्त सुवेदी र रामप्रसाद लामिछाने ‘संघर्ष’लाई शुक्रबार बिहान गोरखा बजारबाट पक्राउ गरिएको प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए ।

अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बस्नेतले बताए । सरकारले कर बढाएको बिरोधमा भित्ते लेखन गर्दा आफ्ना नेता कार्यकर्ता पक्राउ परेका जिल्ला सेक्रेटरी कपिल भट्टले गुनासो गरे ।

Back to top button