पालुङटारमा रहेका बजार तथा पसलहरूमा उपभोक्ता हित संरक्षण सचेतना कार्यक्रम

सुजन न्याैपाने, गाेरखा ।

पालुङटार नगरपालिका नगर कार्यपालिकाको कार्यालयले उपभोक्ता संरक्षण समिति मार्फत पालुङटारमा रहेका बजार तथा पसलहरूमा उपभोक्ता हित संरक्षण सचेतना कार्यक्रम विहिबार गरेको छ .“प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सामानको उपलब्धता, उपधभोक्ता हित संरक्षणमा पाल’ङटारवासीको प्रतिबद्धता” भन्ने मूल नाराका साथ पालुङटार नगरपालिकाका उप प्रमुख पम्फा बसेल, पालुङटार नगरपालिका वडा नं. ४का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट, पालुङटार नगरपलिका वडा नं. ५का वडा अध्यक्ष दिपक पाण्डे, पालुङटार नगरपालिका प्रशासकिय अधिकृत हर्क बहादुर रोका, पालुङटार उद्योग बाणिज्य संघ, इलाका प्रहरि कार्यलय ठाँटिपोखरी र पत्रकारहरूको रहोबरमा बजारमा सबै पसल तथा उपाभोक्ता, व्यापारि सबैलाई सचेतना मूलक कार्यक्रम गरेको छ । उपभोक्ता संरक्षण ऐन २)५४ ले उपभोक्तालाई प्रदान गरेको अधिकारका बिषयमा जानकारी दिएका थिए । उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरू साथै उत्पादकले उपभोग्य वस्तुको लेवलमा अावश्यक कुराहरू अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने बिषयमा पनि जनाकारी गराइएको छ ।
व्यापारिले ध्यान दिनु पर्ने कुराहरू आदिको बिषयमा जनाकारी गराईएको थियो । यस कार्यबाट नगरपालिकाले थप राजश्व उठाउन मद्धत पुग्ने सथै बजार व्यवस्थित बन्ने अपेक्षा गरिएको कार्यक्रममा सहभागिहरूले बताएका छन् । संविधानको धारा – ४४ मा उपभोक्ताको हक व्यवस्था गरिएको छ ।

Back to top button