सँघियता विराेधिहरुसँग सचेत रहनुस : नेता खड्का

गाेरखा 10 असाेज । प्रतिनिधि सभाका सभासद चुडामणि खड्काले अहिले सँघियता विराेधिहरु विभिन्न वहानामा गाउँ प्रवेश गरेकाे बताउँदै उनिहरुका भनाइ र काम गराइसँग सचेत रहनु पर्ने बताएका छन । जिल्लाकाे गाेरखा नगरपालिका स्थित महेन्द्र मावि कुन्दुरमा राष्ट्रिय दुग्ध विकास बाेर्डद्वारा अायाेजित कार्यक्रमलाई सम्वाेधन गर्दै नेता खड्काले भने “जनप्रतिनिधिहरु अाजिवनका लागि नियुक्ति भए झै दम्भ गर्ने, सरकारकाे बजेट हिजाेका चुनावि घाेषणा अनुसार नरहने,कतिपय कुराहरु नीति निर्माणकै चरणमा रहेकाले दाेधार भइरहने प्रवृतिले जनतामा उत्साह रहन सकेकाे छैन , जन अपेक्षा लाई सम्वाेधन गर्न छिट्टै नयाँ कार्यक्रम लाइन्छ ” । हामी जन प्रतिनिधिहरु विकास र समृद्दिका लागि जनताकाे सेवामा सधैं लागि रहन्छौ , नेता खड्काले भने । हिजाेका इतिहासहरुकाे रक्षा गर्दै नयाँ शिराबाट अगाडि बढ्नुपर्ने अहिलेकाे अावश्यकता रहेकाे उनले बताए । कार्यक्रममा गाेरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई , जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खेमराज पौडेल, वडा नम्वर 10 का वडा अध्यक्ष देवि बहादुर बस्नेत, 11 का अध्यक्ष राम बहादुर खड्का लगायतले मन्तव्य राखेका थिय ।बक्ताहरुले गाेरखामा सञ्चालित एक मात्र चन्द्रज्याेति दुग्ध डेरिकाे लाखौ रुपैयाँ हिनामिना गर्नेहरु खुलेअाम सडकमा हिड्दा पनि कहिकतैबाट कारवाहि नभएको भन्दै कारवाहिकाे माग गरेका थिए । किसानका लालपुर्जा बैकमा राखेर सँचालक समितिले पैसा झिकि डेरि बन्द गराएकाे कार्यक्रममा बताएकाे छ । विद्यालयमा रहेका ८५० जना बालबालिकाहरुलाइ दूध र दुधबाट बनेका परिकारहरु वितरण गरिएको थियाे । बजारका विभिन्न जँक फुडहरुले बनलबालिकाहरुमा दिर्घकालिन असर पर्ने हुँदा त्यस्ता खानेकुराका सट्टा दैनिक दूध सेवन गराउनुपर्ने राष्ट्रिय दुग्ध विकास बाेर्डका निमित्त कार्यकारि निर्देशक बाबाुकाजि पन्तले बताए ।

Back to top button