माईक्रो वस र बस ठोक्दिा दुई यात्रुको मृत्यु , ८ घाईते

तनहुँ समचारदाता
दमौली , असोज ९ गते ।

पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका – २ मनहरीमा मंगलबार बिहान माइक्रोबस र बस ठोक्किदाँ दुई जनाको मृत्य भएको छ । दुर्घटनमा आठ जना यात्रु सख्त घाइते भएका छन् ।
दमौलीबाट पोखरा जाँदै गरेको वा ३ ख ४४४२ नम्बरको माइक्रोबस र विपरित दिशा पोखराबाट सुनौली जाँदै गरेको लु १ ख ४१९५ नम्बरको बस एक आफ्समा ठोक्किदाँ माइक्रोबसमा यात्रारत दुई जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते हुने आठै जना माईक्रो वसका यात्रु रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका– ११ निवासी वर्ष ३५ की सरस्वती कुँवर र व्यास नगरपालिका–४ निवासी वर्ष ५० की चीजाकुमारी बतासको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा परी माईक्रो बसका चालक म्याग्दे १ बस्ने वर्ष ३२ को तुलबहादुर विक , व्यास–२ बस्ने वर्ष ४० की सविना खान , सोही ठाउँकी वर्ष ४४ की नमु मिया , वर्ष ४४ चन्द्र भण्डारी , ८२ वर्षिय विष्णुमाया बस्नेत घाईते हुनु भएको छ । यस्तै गरी दुर्घटनामा व्यास–५ की वर्ष २४ की माया थापा , म्याग्दे ३ की वर्ष ४० की सत्यकला न्यौपाने ठेगाना खुल्न नसकेकी वर्ष ५० की कमला दुरा घाईते हुनु भएको छ । घाईते पोखरा स्थित गण्डकी मेडिकल र मेणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घाईतेलाई धेरै चोट पटक लागेकोले दमौलीको अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा लगिएको प्रहरीले जनाएको छ ।

Back to top button