क्षेत्रप्रताप साहित्य पुरस्कार दुवाललाई दिईने

अमरराज नहर्की
डुम्रे , असोज ६ गते । गामवेशीका कवि उपनामले प्रख्यात साहित्यकार स्वर्गिय क्षेत्रप्रताप अधिकारीको नाममा स्थापित ‘क्षेत्रप्रताप सहित्य पुरस्कार–२०७५’ साहित्यकार मोहन दुवाललाई प्रदान गर्ने निर्णय भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर स्थित दक्षिण एसियाकै ठुलो सिद्ध गुफाभित्र शनिबार गरिएको वृहत कवि गोष्ठीका अवसरमा साहित्यकार दुवाललाई पुरस्कार दिने निर्णय भएको सार्वजानिक गरिएको छ । पुरस्कार कवि अधिकारीको निधन भएको दिनको स्मृति यो वर्षको चैत मैहिनाको अन्तिम साता प्रदान गरिने सो अवसरमा जानकारी दिईयो । पुरस्कृत हुनु हुने दुवाल तीन नम्बर प्रदेश सहित्यिकार हुनुहुन्छ । दुवाल बनेपाबाट प्रकाशित हुने जनमत मासिक साहित्य पत्रिकाको प्रधान सम्पादक हुनुहुन्छ । लोकप्रिय कवि क्षेत्रप्रताप अधिकारीको नामबाट स्थापित पुरस्कारबाट सम्मानित हुने यस निर्णयले धर्यताका साथ काम गर्दा मूल्याङ्कन हुन्छ भन्ने महसुश भएको तथा थप उर्जा मिलेको बताउनु भयो । पुरस्कृत हुनुहुने व्यत्तित्व दुलाललाई दोसल्ला , अविर , मालाले कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले , विशिष्ट अतिथिहरु भानु नगरपालिकाका मेयर उदयराज गौली ,बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा , गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी बधाई ज्ञापन गर्नु भएको थियो । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले गत वर्ष कवि अधिकारीको स्मृतिमा अक्षय कोष स्थापना गरेको थियो । गत वर्ष सो पुरस्कारबाट तनहुँका साहित्यकार डिल्लीराम मिश्रले प्राप्त गर्नु भएको थियो । कार्यक्रममा अवसरमा जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले साहित्यकारका कुरा जनप्रतिनिधीलाई सुनाउँदा राष्ट्रपति जिम्मेवार हुन मद्धत पुग्ने बताउनु भयो । वाग्लेले योगदान दिने सष्ट्रालाई सम्झिएर कदर गर्दा साहित्यमा लाग्नेको मनोवल उच्च हुने बताउनु भयो । साथै उहाँले भानु नगरपालिकाले देशैभरीका साहित्यकारलाई जमघट गराएर साहित्यमा उत्थान गर्न सुझाव दिनु भयो । कार्यक्रममा भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु नगरपालिका क्षेत्रमा तनहुँमा जन्मिएर साहित्यमा विशेष योगदान दिने व्याक्तिहरु प्रतिमा राखिएको साहित्य पार्क स्थापना गर्ने सो अवसरमा जानकारी दिनु भयो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले साहित्यकारको आवाजको माध्यमबाट सिद्ध गुफाको प्रचार÷प्रसारमा मद्धत पुग्नुको साथै दक्षिण एसियाकै ठुलो विचित्र गुफा भएकोले यसको भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकारको ध्यान तान्न मद्धत पुग्ने विश्वास व्यक्त गनु भयो । कार्यक्रमा कार्यक्रममा सहयोगी सस्थाहरु बन्दीपुर गाउँपालिका वडा नम्बर– ४ वडाध्यक्ष हरेराम थापा , वडा नम्बर १ का वडाध्यक्ष भानुभक्त पोख्रेल , बिमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ , बिमलनगर सामुदायिक होमस्टे लघु उद्यम समुहकी अध्यक्ष सीता थापामगर लगायतले कविका थोरै शब्दले पनि ठुलो ज्ञान दिन सक्ने हुँदा यस्ता कार्यक्रमले सभ्य समाज निमार्णको लागि ठुलो टेवा पुग्ने विश्वास गर्नु भयो । कार्यक्रमक सातै प्रदेशका विभिन्न साहित्यकारहरुको प्रस्तति रहेको थियो । सो अवसरमा अधिकांश साहित्यकारहरुले नारी हिंसाको चर्को विरोध गरेका थिए । सो अवसरमा गुफा पत्ता लगाउने चन्द्रबहादुर थापालाई सम्मान गरिएको थियो ।
गुफा भित्र चित्रकला प्रतियोगिता
यसैबीच सिद्धगुफाभित्र शनिवार नै माध्यमिक विद्यालय स्तरिय चित्रकला प्रतियोगिता गरिएको छ । चित्रकला प्रतियोगितामा भानुनगरपालिका स्थित हिमालयम माविका प्रेम परियार प्रथम, होमराज लोहनी शारदा शिक्षा सदनका प्रिन्स मजकोटी द्धितिय, शान्तिवषर््ा अंग्रेजी माध्यमिक विद्यालयका सचिन श्रेष्ठ तृतिय, सत्यवती माविका दानु थापा र पुर्कोट ल्याण्डस्टार स्कुलका आकृति श्रेष्ठले सान्त्वना भएका छन् । प्रथम, दित्तिय, तृतिय र सान्त्वनाले क्रमश उनिहरुले क्रमश तीन हजार, दुई हजार, एक हजार र पाच पाच सय नगद सहित प्रमाणपत्र हात पारेका छन् । दक्षिण एसियाकै ठुलो दाबी गरिएको सिद्ध गुफाको प्रचार प्रसारको लागि गुफाभित्र शनिबार विभिन्न कार्यक्रम गरिएको हो ।

Back to top button