तनहुँको भानु नगरपालिका–१ साझबोटे, कल्याणटारमा शनिबारबाट सेभेन ए साईड खुला नक आउट सिजन स्मृति कप फुटबल प्रतियोगिता शुरु

तनहुँको भानु नगरपालिका–१ साझबोटे, कल्लाणटारमा शनिबारबाट सेभेन ए साईड खुला नक आउट सिजन स्मृति कप फुटबल प्रतियोगिता शनिबारबाट शुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नु भयो । सो अवसरमा वाग्ले जिल्ला स्तर हुँदै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
दुर्घटनामा बाट निधन हुनु भएका सिजन श्रेष्ठको स्मृतिमा स्थानीय सिजन युवा क्लबको आयोजनामा गरिएको सो प्रतियोगितमा ४० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन सिजनका पिता डुम्रे निवासी मानकाजी श्रेष्ठले गर्नु भएको छ । प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा द्धितिय हुनेलाई उद्घाटन खेलमा आयोजक सिजन ए ले कार्की ब्रर्दश डुम्रेलाई ५, ० अन्तरको शानदार विजयी भएको क्लबका सचिव प्रदीप न्यौपानेले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा सिजनका पिता मानकाजी श्रेष्ठले आफुले दुर्घटनामा छोरा गुमाए पनि क्लबका सबै युवाहरु आफ्नो छोरा जस्तै लागेको बताउनु भयो । कार्यक्रममा, नेपाल कम्प्युनिष्ट पाटी नेकपाकी जिल्ला नेता ओमकुमारी पौडेल , भानु नगरपालिका वडा नम्बर १ वडाध्यक्ष प्रेमबहादुर लामा, क्लबका सल्लाहकार विन्दुकुमार श्रेष्ठ लगायतले खेलकुदले देश चिनाउने मात्रै नभई खराब आचारण नियन्त्रण गर्न मद्धत पुग्ने कुरामा जोड दिनु भएको थियो ।

Back to top button