आरुघाटको नेप्लिज बोर्डिङमा बालदिवस मनाइयो ।

गोरखा, भाद्र २९, रविन्द्र कंडेल
बालदिवस २०७५ का अवसरमा गोरखाको आरुघाटस्थित नेप्लिज बोर्डिङ स्कूलका कक्षा १० का विद्यार्थीहरुको आयोजनामा विविध कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भीमोदय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डा. वीरेन्द्र पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल यम प्रसाद ढकाल, अभिभावकहरु श्रवण कुमार थापा, सरोज कुमार श्रेष्ठ, गणेश कुमार श्रेष्ठ, लगायतकाले मन्तव्य राखेका थिए भने विद्यार्थीहरुले नाटक कविता, कथा, विभिन्न लोक, आधुनिक एवं विभिन्न प्रकारका गीत तथा नृत्यहरु प्रस्तुत गरेका विद्यालयकी सहायक प्रिन्सिपल गोमा भट्टले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. पुडासैनीले भविष्यका कर्णधार बालबालिकाहरुले आफ्नो अधिकारको लागी सदैव सचेत रहनुपर्ने र अभिभावकहरुले उनीहरुको अधिकार प्रयोगका क्रममा ध्यान पुर्याउँदै अघि बढन प्रेरणा प्रदान गर्नुपर्ने बताउनुुभएको थियो ।

Back to top button