
पालुङटार–अमर ज्योती जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट प्रक्रियामा बिवाद देखिएको छ । गत १२ गते मंगलबार अभिभावकहरुको भेलाले चार जनालाई निर्वाचित गरेका थिए निर्वाचित हुनेमा राम कुमार श्रेष्ठ, पुश्प राज अंगाई, निर्मला भट्ट र मोहन कृष्ण श्रेष्ठ रहेका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट प्रक्रियामा अभिभावकहरुबाट निर्वाचित प्रतिनिधिहरुको निर्णय बिपरित विद्यालयका प्रधानाध्यापक गोविन्द खनालले पदिय जिम्मेवारी भन्दा बाहिर रहेर राजनीतिक पुर्वाग्रहको आधारमा निर्णय गरेको भन्दै बिद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं वर्तमान विद्यालय व्यवस्थापन समितिका सदस्य प्राकाश खनालले प्रेश वक्तव्य निकाल्नुभएको छ ।
उता विद्यालयका प्रधानाध्यापक गोविन्द खनालले भने आफुले बौमतीय प्रणालीमा जानु पर्ने धारणा राखेको आफ्नो धारणाको अस्विकार गरिएको प्रतिकृया दिनुभएको छ । सोहि अबसरमा उहाँले यो विद्यालयको आन्तरिक समस्या भएको भन्दै यसको आन्तरिक रुपमानै हल गर्नु पर्नेमा जोड दिनुभयो । यो समस्याको समाधान हुन एक दुई दिन लाग्ने भन्दै उहाँले धैर्यता देखाउन नसक्नु कम्जोरी भएको उक्त विषयमा माइनट च्यात्नेको गल्ती हुने बताउनु भएको छ ।