पालुङटार नगरपालिका वडा नं. ७ मा तीज गीत प्रतियाेगिता हुने

हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा च्याङ्ली स्पोर्ट क्लब र सक्रिय महिला समूहको संयुक्त आयोजना र पालुङटार नगरपालिका वडा नं. ७ को प्रवद्र्धनमा च्याङ्लीको बिरुवाटार स्थित खेलमैदानमा खुला तीज गीत प्रतियोगिता २०७५हुने भएको छ । कला संस्कृतिको जगेर्ना एवं संरक्षणको लागी कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । कार्यक्रम भाद्र २७ गते तिजको दिन विहान १० बजेदेखि शुरु हुने र सहभागी हुन चाहनेले भाद्र २६ गते बेलुका ४ बजेसम्म टिम दर्ता गर्नुपर्ने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. १०,०००।– र प्रमाण पत्र, द्धितीय हुनेले नगद रु. ७,०००।– र प्रमाण पत्र, तृतीय हुनेले नगद रु. ४,०००।– र प्रमाण पत्र, सान्तवनाले नगद रु. २,०००।– र प्रमाण पत्र पाउनेछन भने सहभागी सम्पूर्ण समूहहरुले नगद रु.१००० र प्रमाण पत्र प्राप्त गर्नेछन ।
कार्यक्रमबाट केही रकम बचाउन सकेमा सामाजिक काममा लगाउने उद्धेश्य समेत रहेकोले कार्यक्रमका लागी सहयोग गर्न सवैसंग आग्रह गरिएको सह आयोजक सक्रिय महिला समूहकी शुसीला श्रेष्ठले बताउनुभयो । कार्यक्रमका लागी सहयोग गर्नेहरुमध्ये नगद रु. ५००० भन्दा माथि सहयोग गर्नेहरुको नामावली www.gorkhasansar.com मा पनि अपडेट गरिने र सहयोगीहरुलाई सम्मान गरिने समेत बताइएको छ ।

Back to top button