यात्रुबाट तोकेको भन्दा बढी भाडा लिने सवारीसाधनलाई कारवाही

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यात्रुबाट तोकेको भन्दा बढी भाडा लिने सवारीसाधनलाई कारवाही गरि पैसा फिर्ता गराएको छ ।

शुक्रवार नारायणगढ–मुग्लिन सडकखण्ड अन्र्तगतको आँपटारीमा गरिएको आकस्मिक चेकजाँचका क्रममा यात्रुबाट बढी भाडा असुल्ने गाडीबाट पैसा फिर्ता गराइएको हो । १० माइक्रो,३ सुमो र ३ बसलाई कारवाही गरि बढी लिएको पैसा फिर्ता गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए । उनले नारायणगढ बाट काठमाण्डौंका लागि चल्ने माइक्रो बसले ३ सय ५० भाडा दरमा ४०० लिएको पाइएपछि ५० रुपैंया फिर्ता गराइएको बताए ।

काठमाडौं बाट बुटवल संचालन हुने माइक्रोले ७५ रुपैंयाँ सम्म बढी भाडा लिने गरेको भेटिएको छ । गौतमले अधिकांस गाडीले ५० रुपैंयादेखी १०० रुपैंयासम्म बढी भाडा लिने गरेको पाइएको बताए ।यात्रुहरुबाट तोकेभन्दा बढी भाडा लिने जनगुनासो आएपछि आजदेखी नियमित चेकजाँच सुरु गरेको गौतमले भनाई छ । उनले चाडपर्वलाई लक्षित गरेर सर्वजनिक यातायातका साधनमा चेकजाँचलाई कडाई गरिदै लैजाने बताए ।

Back to top button