गोरखामा कृषि र पशु सेवा कार्यालय पुनः सञ्चालनमा

गण्डकी प्रदेश सरकारले गोरखामा कृषि र पशु सेवा कार्यालय पुनः सञ्चालनमा ल्याएको छ । यसअघि केन्द्र सरकारले खारेज गरेका जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयको नाम परिवर्तन गरी कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले दुवै कार्यालयको उदघाटन गर्नुभयो । कार्यक्रममा देशकै नमूना कृषक बन्न सफल पालुङटार वडा नं. ७ स्थित कामधेनु गाई फार्मका सञ्चालक राजेन्द्रराज पन्तलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पन्तलाइ यस अघि नेपाल सरकारले पशुपालन क्षेत्रमा याेगदान पुर्रयाएकाेमा सर्वाेत्कृष्ट  कृषकका रूपमा सम्मान गरिसकेकाे छ । उहाँले पालुम्टार ७ मा  विगत २० वर्षअघिदेखि गाइपालन गर्दै अाउनुभएकाे छ । उहाँकाे फार्ममा १२० भन्दा बढी गाइ बाट मासिक १ लाख भन्दा बढी अाम्दानी गर्दै अाउनुभएकाे छ ।

प्रदेश सरकारले ६ जिल्लामा कृषि ज्ञान केन्द्र र ७ जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द खोल्ने निर्णयबमोजिम गोरखामा सञ्चालनमा ल्याएको हो । कार्यालय स्थापनासंगै जिल्लामा सरकारको उपस्थिति को प्रत्याभूति भएको बताउँदै मन्त्री थापाले कर्मचारी अपुग भए थप गर्ने र बढी भए अन्यत्र पठाउने समेत बताउनुभयो । प्रदेश सरकारले नयाँ संरचनाअनुसार सञ्चालनमा ल्याएको कृषि ज्ञान केन्द्रको नेतृत्व बरिष्ठ कृषि विकास अधिकृतले गर्ने र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दको नेतृत्व वरिष्ठ पशु सेवा चिकित्सकले गर्ने बताइएको छ । गोरखा सदरमुकामको ठिँगुरेस्वारामा भएको नयाँ भवनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द र साविकको जिल्ला कृषि विकास कार्यालय रहेको भवनमा कृषि ज्ञान केन्द्र को कार्यालय स्थापना गरिएको छ ।

Back to top button