पालुङ्टार नगरपालिकाका विद्यालयहरूमा नयाँ समिति बन्न शुरू भयाे

गोरखा, पालुङटार ।
गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ स्थित श्री जनचेतना प्रा.वि.को विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । पालुङ्टार नगरपालिका वडा नं. ७ का अध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भाद्र ७ गते का दिन भएको भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । होमनाथ पाण्डेको अध्यक्षतामा नयाँ ११ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । जसका सदस्यहरुमा कामीरोङ तामाङ, परि थापा, गोरे कामी, गुनु श्रेष्ठ, वसन्त कुमार श्रेष्ठ, सावित्रा वि.क., बलराम श्रेष्ठ, चन्द्रराज पाण्डे, शिक्षक प्रतिनिधी हरिकला श्रेष्ठ र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद पाण्डे रहेका छन् । नगरपालिकाले निर्माण गरेको नयाँ शिक्षा ऐन अन्तर्गत नगरपालिकाभित्रका विद्यालयहरुमा पुरानो व्यवस्थापन समिती भंग गरी नयाँ बनाउन शुरु भएको छ । नगरपालिकाहरुका सवै विद्यालयहरुमा नयाँ व्यवस्थापन समिति निर्माण गर्न पत्राचार गरिसकिएको र यही भाद्र महिनाको अन्त्यसम्मा सवैमा गठन भैसक्ने नगर शिक्षा कार्यालयका चित्र देवकोटाले जानकारी दिनुभयो ।

Back to top button