पालुङ्टारमा खुल्ला विश्वविद्यालय को कार्यालय निर्माण का लागी अध्ययन गरिँदै

गोरखा, पालुङटार ।
गोरखाको पालुङटार नगरपालिका मा खुल्ला विश्वविद्यालयको कार्यालय निर्माणको लागी पूर्व अध्ययन गर्नको लागी हिजो खुल्ला विश्वविद्यालयका भि.सी.लेखनाथ न्यौपानेका साथमा नेकपा का पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत हिजो पालुङटार आएका छन् । खुल्ला विश्वविद्यालयको कार्यालय निर्माणको लागी विभिन्न स्थानहरुमा जग्गा हेरेपनि यस नगरपालिकाको वडा नं. ४ बेलबासमा रहेको करीब ८०० रोपनी जग्गा हेरिएको छ । सार्वजनि जग्गा करीब ८०० रोपनी रहेकोले उपयुक्त हुने बताइएको छ । भि.सी संगै आउनुभएका नेकपा का पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनितीक विषयमा भने खासै बोल्नुभएन । भेट भएका कार्यकर्ताहरुसंगको अनौपचारिक कुराकानीमा भने उहाँले पार्टी एकताको लागी काम भैरहेको र छिटै पार्टी एकता प्रक्रिया टुङिगने बताउनुभयो ।

Back to top button