सरकारलाई अल्टिमेटम, भदौ ३ र ४ गते देशभरका सामुदायिक बिद्यालयहरू बन्द

काठमाडौं ।

बर्षौंदेखि सामुदायिक विद्यालयमा न्यून पारिश्रमिकमा काम गर्दै आएका कर्मचारीहरुको पारिश्रमिक थप गर्नुपर्ने भन्दै आन्दोलित भएका छन् । सामुदायिक विद्यालयमा सरकारले कर्मचारी दरबन्दी नदिएको, लामो समयदेखि काम काज गरिरहेका कर्मचारीहरुको सेवा सुविधा ग्यारेन्टी नभएको भन्दै नेपाल बिद्यालय कर्मचारी परिषद आन्दोलनमा उत्रिएको हो । आन्दोलनअन्तर्गत आफ्ना मागहरु सरकारले सम्बोधन नगरे भदौ ३ र ४ गते देशभरका सामुदायिक बिद्यालयहरू बन्द गर्नेसम्मका कार्यक्रम उनीहरुले तय गरेको परिषद्ले जनाएको छ । ‘नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रीय कार्य समितिको साउन १२ र १३ गते बसेको बैठकबाट अनुसार प्रदेश सरकारदेखि शिक्षामन्त्री सम्मलाई ज्ञापन पत्र बुझाइसकेका छौं । यतिमात्र नभएर हामीले २४ गते देखि ३१ गतेसम्म जिल्ला शिक्षा विकास समन्वय इकाई , जिल्ला प्रशासन कार्यालयमा र प्रत्येक न.पा र गा.पा हरुमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम पनि तय भएको छ ।’ परिषद्का उपाध्यक्ष रामप्रसाद कुमाईले भने । उनले साउन ३१ गते(भोलि)सम्म विद्यालय कर्मचारीका मागहरु पूरा नगरे भदौ ३ र ४ गते देशभरका सामुदायिक बिद्यालयहरु बन्द गर्ने र ७ गते काठमाडौंमा शान्तिपूर्ण जुलुस गर्ने, शिक्षा मन्त्रालय, र प्रधामन्त्री कार्यालयमा धर्ना दिने कार्यक्रम रहेका तय गरेका छन् । वि.सं. २०६८ सालदेखि हालसम्म देशभर ३५ हजार कर्मचारीहरु कार्यरत छन । जसमध्ये २२ हजारलाई मात्र नगन्य रुपमा अनुदान दिइएको परिषद्का उपमहासचिव प्रकाश पाण्डेले बताए । उनीहरुका अनुसार कर्मचारीहरुले मासिक रु .२ हजार देखि ११ हजार ५ सयसम्म पाउने गरेका छन ।

Back to top button