महिला राष्ट्रिय लिग फुटबल: सावित्रा भण्डारीको ४ गोलको मद्दतमा एपीएफकाे दाेस्राे जित

unn.prixa.net

काठमाडौं – सावित्रा भण्डारीको ४ गोलको मद्दतले विभागीय टोली एपीएफ क्लबले राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा एपीएफले रौतहटलाई ७–० गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा जारी राखेको हो ।

पहिलो हाफमा १ गोल गरेकी सावित्राले दोस्रो हाफमा तीन गोल थपिन् । यस्तै सरु लिम्बुले दुई गोल गर्दा अनिता बस्नेतले एक गोल थपिन् ।

जारी प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा एपीएफले काठमाडौंलाई हराएको थियो । जितसँगै एपीएफले ६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

तीन खेलमा पहिलो पराजय ब्यहोरेको रौतहटको पनि ६ अंक नै छ । तर गोलअन्तरका आधारमा एपीएफले उसलाई पछि पारेको हो ।

पहिलो खेलमा काठमाडौंलाई हराउँदा एपीएफले १०–० गोलको जित निकालेको थियो ।

प्रतियोगितामा एपीएफ तथा नेपाली राष्ट्रिय महिला टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारीले आफ्नो गोलसंख्या ९ पुर्याएकी छन् ।

पहिलो खेलमा ५ गोल गरेकी उनले दोस्रो खेलमा ४ गोल थप्दै गोलसंख्या ९ पुर्याएकी हुन् ।

Back to top button