भारतले दियो २ अर्ब, गोरखा र नुवाकोटका लाभग्राहीको निजी आवास निमाणमा खर्च हुने

भारतले दियो २ अर्ब, गोरखा  र नुवाकोटका लाभग्राहीको निजी आवास निमाणमा खर्च हुने

काठमाडौं । भारत सरकारले पुनर्निर्माणका लागि घोषणा गरेको सहयोगको पहिलो किस्ता नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । निजी आवास पुनर्निर्माणअन्तर्गत पहिलो किस्तावापत भारतले २ अर्ब १० करोड ४३ लाख रुपैयाँ हस्तातरण गरेको हो ।

शुक्रबार एक कार्यक्रमबीच भारतीय राजदुत मञ्जिव सिंह पुरीले पहिलो किस्ताको बराबरको चेक अर्थसचिव राजन खनाललाई हस्तान्तरण गरेका हुन् । भारतले दिने २५ अर्बको अनुदानको पहिलो किस्तामा यो रकम नेपाललाई प्राप्त भएको हो ।
प्राप्त रकम नुवाकोट र गोरखाका ४२ हजार ८६ लाभग्राहीको निजी आवास निर्माणका लागि खर्च हुनेछ ।

Back to top button