त्रिशुलीमा बस खस्दा तनहुँका ३ जना सहित ७ जनाको मृत्यु, १७ जना घाइते

काठमाडौंबाट पोखरा तर्फआउँदै गरेको ना६ख २५०६ नम्बरको यात्रु बहाक बस चितवनको इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारबाट त्रिशुली नदिमा खस्दा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

मृतक मध्य ३ जना तनहुँका छन् । उक्त दुर्घटनामा परी तनहुँ भानु नगरपालिका-५ का २७ बर्षीय सुमित श्रेष्ठ, भानु-१ भन्सारकी २७ बर्षीय कमला श्रेष्ठ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारीले ज्यान गुमाएका छन् ।

त्यस्तै, काठमाडौंका ३० बर्षीय रबिन गुरुङ र पाल्पा बेगनास कालिका गाँउपालिका बस्ने ३२ बर्षीय अर्जुन न्यौपानेको सनाखत भएको र बालक र एक महिलाको शनाखत हुन बाँकी छ ।

उक्त बस सडक छेउमा धोएर निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उद्धारकर्ताका अनुसार बस खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको छ । घाइते मध्य ७ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ४ जनाको मनकामना अस्पताल भरतपुर, ५ जनाको पोखरा र १ जनाको मलेखुमा उपचार भैरहेको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिइए ।

घाइते मध्य ६ जनाको अबस्था गम्भिर छ भने अन्यको सामान्य छ । ठक्कर दिने ट्रक चालकलाई जोगीमारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको छ ।

 

उक्त घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।

Back to top button