पालुङटार नगरपालिकाको बजेट ७७ करोड

राजेश पाैडेल
पालुङटार नगरपालिकाको आर्थिक वर्ष ०७५÷०७६ को कुल बजेट ७७ करोड ४३ लाख २० हजारको हुने छ । उक्त बजेट भित्र नगरपालिकालाई नेपाल सरकारबाट प्राप्त हुने निशर्त अनुदान १९ करोड १ लाख, सशर्त अनुदान २२ करोड ५१ लाख, राजस्व वाँडफाँड प्रशासनिक प्रकृतिको खर्चको लागी ८ करोड २५ लाख रहने छ । यसै बिच आगामी आर्थिक वर्षको लागी सामाजिक सुरक्षा तर्फ ११ करोड अनुमान गरी रकम विनियोजन गरिएको र केन्द्रिय निकायबाट परियोेजनामा आधारीत कार्यक्रम माग गर्ने गरी ५ करोड अनुमान गरिएको नगरपालिका श्रोतले जनाएको छ । प्रदेश सरकारबाट प्रप्त हुने निशर्त अनुदन रकम एक करोड २७ लाख परियोजनामा आधारित विषेश कार्यक्रमको लागी ३८ लाख र सवारी साधन कर बाँडफाँडको ४१ लाख २० हजार प्राप्त हुने गरी आय अनुमान गरिएको छ । पालुङटार नगरपालिकामा आगामी आर्थिक वर्षमा मालपोत राजस्व वापत प्राप्त हुने सुनिश्चित भएको रकम ४० लाख, विद्युत रोयल्टी बापत प्राप्त हुने अनुमानित रकम २० लाख आन्तरिक आय २ करोड ५० लाख समेत गरी कुल आन्तरिक आय ३ करोड १० लाख अनुमानित प्रक्षेपण गरिएको छ । आगामी आर्थिक वर्षमा नगरपालिकामा एक बहुउद्देश्यीय भवन निर्माणका लागी नगर विकास मार्फत अनुदान सहितको ५ करोड अनुदान लिने श्रोतले जनाएको छ । अघिल्लो आर्थिक वर्षको अन्तमा नगपालिका कोषमा सञ्चित रकम १ करोड ५० लाख समेत अनुमान गरी आगामी आर्थिक वर्ष ०७५÷०७६ को बजेट ७७ करोड ४३ लाख २० हजार कुल बजेट हुने नगर प्रमुख दिपक बाबु कडेलले जानकारी दिनुभयो । उहाँले वडाको योजना नआएको र असार मसान्तको काम नसकिएको कारणले शिर्षक अनुसार रकमान्तर नगरिएकको नगर प्रमुख कडेलको भनाइ छ । उहाँका अनुसार यस वर्ष नगरपालिकाले लिगलिग कोटमा होमस्टे निर्माण गर्ने छ ।

Back to top button