मन्त्री चुमानद्धारा बालिकाको उपचारको लागि सहयोग हस्तान्तरण

तनहुँ समाचारदाता
साउन ९ गते । गण्डकी प्रदेश सरकारले तनहुँमा गत असार १९ गते विद्यालयमा पढ्न जाने क्रममा सालको रुख ढलेर लाग्दा एकै परिवारको घाईते दुई जना बालिकाको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
व्यास नगरपालिका–६ शिसाघाट स्थित कालिका एकेडेमीमा अध्ययनको लागि घरबाट विद्यालय जाँदै गर्दा सोही वडाको शेखाटारकारुखले च्याप्दा घाइते तेजबहादुर थापाको छोरीहरु कक्षा ६ मा पढ्ने वर्ष १२ की अस्मिता थापा , कक्षा ३ मा पढ्ने ८ वर्षिय सुनिसा थापाको उपचारको लािग सहयोग गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हरि बहादुर चुमानले प्रदान गर्नुभयो । प्रदेश सरकारले उपचारको लागि ५०÷५० हजार गरी एक लाख रुपैयाँ आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हरिबहादुर चुमानले मङ्गलबार बालिकाको परिवारलाई उपचार कक्षमै पुगेर हस्तान्तरण गर्नु भयो । घाईते बालिकाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भई राखेको छ ।
एकै बाबुआमाका १० की एक छोरी बिनिसा थापाको रुखले च्याप्दा तत्काल मृत्यु भएको थियो । २ छोरीहरु सख्त घाइते भइ मनिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत छन् । घाइते बालिकाहरुको उपचार प्रक्रिया राम्रो र सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । जनउत्तरदायी भई प्रदेश सरकारले सहयोग गरेपछि बालिकाका परिवारजनले आभार व्यक्त गरेका छन् । बालिका बाबु तेजबहादुर थापा प्रदेश सरकार नजिकको सरकार भएकोले राहत सहज रुपमा पाएको बताउनु हुन्छ । यसैबीच प्रदेश सरकारले मुस्ताङ दुर्घटनामा घाइते भइ सोही अस्पतालमा उपचाररत सम्पुर्ण घाइतेहरुलाई पनि जनही २५ हजार रुपैयाँको दरले सहयोग गरेको छ ।

Back to top button