कर्मचारीहरु सेवामुखी बन्नुपर्यो ः नगरप्रमुख दिपक बाबु कंडेल

गोरखाको पालुङ्टार नगरपालिका मा स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मूल नारासहित पूर्ण खोप सुनिश्चितता तथा तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख इन्जिनियर दिपक बाबु कंडेलले कार्यक्रममा बोल्दै पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्यकर्मीहरुसहित महिला स्वंयसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विकासको महत्वपूर्ण पक्ष भनेको दिगोपना भएको भन्दै उहाँले घोषणा गरेका कुराहरुलाई चिरस्थायी बनाउने उपायहरुको खोजी गर्नुपर्ने बताउनुभयो । नगरपालिकाभित्र ६००० परिवारले स्वास्थ्य विमा गरिसकेको र तीमध्ये ५८०० जनाले स्वास्थ्य सेवा समेत लिइसकेको बताउनुभयो । सो अवसरमा बोल्दै सम्पूर्ण कर्मचारीहरु जिम्मेवार एवं सेवामुखी बन्नुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै गरी नगर उप प्रमुख पम्फा बसेलले सोही कार्यक्रममा बोल्दै कर्मचारीहरु जागीरमुखीभन्दा स्यंसेवी बन्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले पहुँचभन्दा टाढा रहेका नागरिकहरुसम्म पुगेर सेवा प्रदान गर्न सकेमा मात्र सेवा सुनिश्चितता हुने र त्यसपछि मात्र दिगोपनातर्फ अघि बढनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीे रोगदर, मृत्युदर र अपाङ्गतादर घटाउन खोेपको मात्रा अनिवार्य रुपमा पूरा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पालुङ्टार आयुर्वेद कार्यालय का प्रमुख हितकाजी श्रेष्ठ, स्वंसेविका सर्मिला प्रधान, स्वास्थ्यकर्मी रत्नकुमार श्रेष्ठ, विद्यालय निरीक्षक शितल पाण्डे, आंपपिपतल अस्पतालका प्रमुख प्रशासकीय अधिकृत बाबुराम गिरी, वडा नं. २ का वडाध्यक्ष लोकनाथ वाग्ले लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने पालुङ्टार नगरस्वास्थ्य कार्यालय पालुङ्टारका प्रमुख सुनिलजंग ठकुरीले नगरपालिकाभित्रको खोपको अवस्थाको जानकारी गराउनुभएको थियो । उहाँका अनुसार पालुङटार नगरपालिका भित्रका ४४९ जना (९१ प्रतिशत) बालबालिकाले खोपको मात्रा पुरा गरेका छन ।
कार्यक्रममा नगरप्र्रमुखद्धारा वडाध्यक्षहरुमार्फत सवै १० वटै वडाका स्वास्थ्य चौकी प्रमुखहरुलाई पूर्ण खोप घोषणामा सहयोग गरेबापत सम्मान पत्र समेत प्रदान गरिनुका साथै प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

Back to top button
Close