बन्दीपुर गाउँपालिकाद्धारा पर्यटनलाई प्राथमिकता

अमरराज नहर्की

बन्दीपुर , असार २७ गते ।

तनहुँको बन्दीपुर  गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति , योजना , कार्यक्रम , तथा वजेट शनिबार बन्दीपुरमा सार्वजानिकीकरण गर्ने भएको छ । सार्वजानिकीकरण कार्यक्रममा उपस्थित हुन सबै गाउँपालिकावासीलाई गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले दिनु भएको जानकारी अनुसार वजेटले मूख्य प्राथमिकता पर्यटनलाई दिएको छ । यस्तै सडक्र कालोपत्रे , शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । वजेट सार्वजानिकीकरण कार्यक्रमको प्रमुख अतिथिमा प्रतिनिधी सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान प्रमुख अतिथि रहनु भएको छ । विशिष्ट अतिथिहरुमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, प्रतिनिधी सभाकी सांसद कलिला खान लगायतको रहनु भएको छ ।

Back to top button
Close