पालुङ्टार ७ मा व्यवसायिक बाख्रापालन तालिम कार्यक्रम शुरु ।

पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीमा ७ दिने व्यवसायिक बाख्रापालन तालिम कार्यक्रम शुरु भएको छ । वडा नं. ७ को वडा कार्यालय भवनमा असार ५ गतेदेखि शुरु भएको सो तालिममा वडा नं. ७ का २४ जना बाख्रापालक किसानहरुको उपस्थिति रहेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक वातावरणीय विकास नेपालको आयोजनामा सञ्चालित कार्यक्रम सामुदायिक वातावरणीय विकास नेपालकी अध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा कार्यक्रमको शुरुवात गरिएको छ । कायक्रममा गोविन्द श्रेष्ठ, सुनिता रम्तेल र युवराज न्यौपानेले सहजीकरण गरिरहेका छन । असार १३ गतेसम्म सञ्चालन हुने सो कार्यक्रममा बाख्रापालन व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरु, चुनौती तथा अवसरहरु एवं सफल व्यवसायी वन्न अपनाउनुपर्ने विधीहरुक बारेमा जानकारी दिने कार्यक्रम रहेका कार्यक्रम आयोजक एवं पा न पा ७ का पहिलो बाख्रापालक किसान रमेश अधिकारीले बताउनुभयो । बाखापालक किसानहरुले व्यवसायिक रुपमा काम गर्न र सफलता प्राप्त गर्न कसरी अघि बढने भन्ने विषयमा जानकारी समेत नपाउँदा विभिन्न प्रकारका समस्याहरु झेल्नुपरेकोले यस्तो कार्यक्रमको आयोजना गरिएको अधिकारीले बताउनुभयो ।

Back to top button