कोपा पुमा तोररस फुटबल प्रतियोगिताको आयब्यय सार्वजानिक ।

टोकियो मार्च ३० तारिक देखि अप्रिल १ तारिक सम्म जापानको सिजुओककमा सम्पन्न अन्तराष्ट्रीय कोपा पुमा तोररस फुटबल प्रतियोगिता २०१८ मा सहभागि नेपाली टोलिको आयब्यय सार्वजनिक गरिएको छ ।

तीन वर्ष सम्म लगातर सहभागि भएको नेपालि टोलिले यस वर्षको प्रतिगितामा पॉचौ स्थान प्राप्त गर्न सफल भएको नेपाली टोलिका ब्यबस्थपक तथा प्रशिक्षक बसन्त गौचनले जानकारी दिनुभयो । गौचनका अनुसार नेपालले स्पेन, जर्मन, ब्राज़ील,चिन, ताइवान मेक्सिको, अमेरीकाको टोलि सहित जापानको ए डिभिजन जे लिगको २० टोलिले सहभागता जनाएको प्रतियोगितामा नेपालले पॉचौ स्थान लिन सक्नु ठुलो उपलब्धि भएको बताउनु भयो ।

यस बर्ष नेपाली टोलिले उत्कृष्ट प्रर्दशन गरेपनि नेपाली टोलिको आम्दानि भन्दा खर्च बढि भएको छ । नेपाली टोलिको ब्यबस्थपन प्रकाश तुलाचनका अनुसार नेपाली टोलिको हवाई टिकट दुई पटक मिति सर्दा सबै भन्दा बढ़ी १ लाख ३९ हजार ८ सय ५३ रुपैयॉ खर्च भएको बताउनु भयो । त्यसैगरी टोकियो रहदा होटल तथा यातायात खर्च १ लाख ४२ हजार भन्दा बढ़ी खर्च भएको छ । ब्यबस्थपन पक्षंले दिएको जानकारी अनुसार १४,३७३१८ जापानिज एेन प्रयोजक बापत संकलन भएकोमा १६२५२८१ जापानिज एेन खर्च भएको छ ।

जापानमा रहेका एनआरएन जापानले ५० हजार एन, तमुधि जापानले ६० हजार, जेआरएफ रेमिटले १ लाख ५० हजार सिटि एक्सप्रेस १ लाख एेन माया तथा आँगन रेष्टुरेन्टले ५० – ५० हजार तथा थकाली सेवा समिति जापानले ५० हजार, भेटधाट रेष्टरेन्ट ३० हजार एेन सहयोग गरेको थियो भने ९८ हजार एेन च्यारीटी डिनारबाट संकलन गरिएको थियो । प्रतियोगितामा नेपाली टोलिको ब्यबस्थपन गर्न सहयोग गर्ने जापानमा क्रियासिल सहयोगि सघ सस्थाहरु सबैलाई ब्यबस्थपन समितिले आभार सहित धन्यबाद ज्ञापन गरेको छ ।

समितिले प्रतियोगितामा नेपाली बाल खेलाडिहरुलाई फुटबल प्रतियोगिता सहभागि गराउदै गुणात्मक फुटबलको प्रशिक्षण गराउन सफल भएको भन्दै यसले प्रतियोगितामा सहभागि खेलीडिहरुले भविष्यवाणी नेपाली फुटबलमा टेवा पुग्ने विश्वास लिएको छ ।

Back to top button
Close