घमौराबाट मुक्त हुने उपाय

काठमाडौँ, १० वैशाख ।

गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणल बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ।

घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन्छन् । गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ ।

घमौराबाट यसरी बच्न सकिन्छः

बच्चालाई नुहाइसकेपछि पाउडर लगाउने ।

वयस्क मानिसहरूले गर्मीमा कसिलो कपडा नलगाउने ।

गर्मीमा नायलन र रेयानको कपडाबाट टाढाँ रहने ।

कूल कपडा, कटन वा लेनिनको कपडा मात्र विशेषगरि लगाउने ।

गर्मी मौसममा घमौरा आउँछ भने चन्दनको प्याक बनाइ राति सुत्नु भन्दा पहिला यसलाई शरीरमा लगाउने ।

यसो गर्दा शरीरको घमौरा धेरै मात्रामा कम हुन्छ ।

घमौरालाई कम गर्नको लागि क्याल्माइन लोशन लगाउन सक्नुहुन्छ । यसले घमौरा चिलाउँन कम हुन्छ ।

दिनहुँ बिहान उठेर खाली पेट २ चम्मच एलोभेरा जूसमा ८ देखि १० थोपा कागतीको रस मिलाएर चिसो पानीमा घोलेर खाँदा पनि घमौरा निस्कन पाउँदैन ।

गमिर्मा प्याजनियमित रूपमा सेवन गर्दा पनि घमौरालाई कंट्रोल गर्न सकिन्छ ।

निगालो जडीबुडीलाई दुई मिलिग्राम तपाई चिसो पानीको साथ खानुहोस् । यसले तपाईको शरीरलाई चिसो राख्छ ।

बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।

लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।

Back to top button