घरधनीको ज्यादती: डेरावालालाई सताएकाे भन्दै मानवअधिकारकर्मीकाे विज्ञप्ती

पाल्पा, ९ बैशाख ।

हामी २१औं सताब्दीका मानिस नेपालकाे अहिलेकाे अबस्थामा भन्नेहो गाँउमा भन्दा शहरमा बस्ने मानिसहरु धेरै छन्।  ति सबैका शहरमा घरनै भने छैनन् शहरमा बस्नेमा धेरै डेरामा नै बस्ने गर्दछन् । यदाकदा घरमा बस्ने र घर धनि विचका घटनाहरु पनि बाहिर आउने गर्दछन् । यसै विचमा हाल पाल्पाकाे तानसेन नगरपालिका ६ बर्तुङ्गको टेकरीमा विगत ५ वर्षदेखि बसोबास गर्दै आएका भट्टराई परिवारलाई घरधनीले वैकल्पिक व्यवस्था गर्ने समय समेत नदिई घरबाट निकालेका छन् ।

घरधनी डालनाथ  बस्यालले बगनासकाली गाउँपालिका ७ खानिगाउँ स्थायी ठेगाना भएका उमापति भट्टराईको परिवारलाई घरबाट वाहिर निकालेर ताला लगाएका हुन् । उनी भने काठमाण्डौमा बस्दै आएका छन् ।

‘पाँच बर्षसम्म घरखेत गरीखाने गरी वार्षिक बाह्र हजार रुपैयामा सहमति भएको थियो । पिडित भट्टराईले भने, समय सकिएपनि बिचमा घरधनीसंग मौखिक सम्झौता गरी कागज गर्ने कुरा भएको थियो तर अहिले एक्कासी आएर आजै घर छोड भनी सरसामान समेत बाहिर निकाली ताला लगाएर जानु भएको छ ।’

लगाएको खेती भित्रयाउन र पशुको व्यवस्थापनका लागि केही समय माग्दा समेत घरधनीले अभद्र व्यवहार गरेको उनले सुनाए । कक्षा १२ को वार्षिक परिक्षा दिन लागेकी छोरीको अध्ययनमा समस्या भएको पीडित परिवारको गुनासो छ । घरधनीले भने जे जस्तो समस्या भएपनि अब घर खाली गरेरै छाड्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले घटनाको प्रकृति हेरी पीडितलाई न्याय दिलाउन प्रयास गर्ने बताए ।  राष्ट्रिय मानव अधिकार सरोकार केन्दले गाँस वास र कपासको अधिकारबाट कसैलाई बन्चित गराउन नहुने भन्दै घटनाको विरोध गर्दै प्रेस विज्ञप्ती समेत निकालेकाे छ  ।

Image may contain: text

Back to top button
Close