काठमाडौँ, ७ वैशाख ।
विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल सौगात विष्टको निर्देशनमा बनेको चलचित्र ‘हैरान’को टीजर सार्वजनिक भएको छ।
बिहीबार सार्वजनिक गरिएको चलचित्रको टीजरमा कमेडी, एक्सन र ड्रामको पाटोलाई गज्जबले देखाईएको छ। कलाकारहरुको परिचय दिइएको टीजरमा बिभिन्न कलाकारहरुको प्रायजसो कमेडी डाइलग सुन्न सकिन्छ। चलचित्र जेठ ४ गतेबाट देशभर प्रदर्शन हुँदैछ।
डान्स फिभरको ब्यानरमा बनेको चलचित्रलाई मुक्ति घले, शिशिर घिमिरे, र डाक्टर वाईएल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् । सम्झना पोखरेलको कार्यकारी निर्माणमा तयार भएको चलचित्रमा निरज कडेँल र नवराव उप्रेतीको सिनेम्याटोग्राफी छ भने प्रितम पाण्डेको सम्पादन छ।
सत्य–स्वरुपको संगीतमा रहेको चलचित्रमा सरोज खनाल, गजित बिष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतका कलाकारहरुको अभिनय छ।