आफूलाई हलवालाहरुले हेपे, ‘नेप्टे’का निर्माताकाे गुनासाे

काठमाडौं, ६ वैशाख ।

गत शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘नेप्टे’का निर्माता तथा कलाकार रोहित रुम्बाले आफूलाई हलवालाहरुले हेपेको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलनको गर्दै निर्माता रुम्बाले आफ्नो फिल्मले ५६ हल पाएको तर ती हलमा शो निकै कम पाएको बताए ।

नयाँ बर्षको दिनमा ‘नेप्टे’ले राम्रो व्यापार गरेको भन्दै उनले हल कम हुँदा आफ्नो फिल्मले लगानी उठाउन मुश्किल हुने उनले जनाएका छन् ।

निर्माता तथा कलाकार रुम्बाले आफ्नो फिल्मलाई कमजोर बनाउन वितरकविच १५ लाख रुपैयाँको लेनदेन भएको समेत आरोप लगाउँदै पत्रकार सम्मेलनमा भने ‘लिलिबिली’ जुन हलमा लगाएपनि दबाब नदिनु भन्दै १५ लाखको लेनदेन भएको सुनेको छु ।

यदि, मैले पुरा प्रमाण भेटे भने सिधै दुवै फिल्मका वितरकलाई मुद्दा हाल्छु ।’ रोहितले अब शुक्रबार र शनिबार आफूलाई हल दिन र आफ्नो फिल्मको दम हेर्न पनि हलवालाहरुलाई आग्रह गरे ।

Back to top button