गर्मीसँगै विभिन्न रोगको समस्याः सतर्क रहन आग्रह

काठमाडौ, ६ बैशाख ।

काठमाडौं उपत्यकाका ठूला अस्पतालहरुमा गर्मी मौसमको सुरुआतसँगै गर्मीका कारण उत्पन्न रोगका बिरामीहरुको चाप ह्वात्तै बढ्न थालेको छ ।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्यामा शतप्रतिशत वृद्धि भएको छ भने अन्य अस्पतालमा पनि उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी प्राप्त भएको छ ।

गर्मी मौसम सुरु भएसँगै विशेष गरी बालबालिका बढी प्रभावित भएका छन् भने अन्य उमेर समूहका बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ ।

चिकित्सकहरुले उपत्यकामा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रब टाइपस, ठेउला लगायतका रोगको समस्या आएको भन्दै सतर्क रहन सबैसँग आग्रह गरेका छन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले गर्मी मौसमको सुरुवातसँगै टेकुस्थित सरुवा रोग अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी ज्वरोको समस्या लिएर आउने गरेको उनले जानकारी दिए ।आजको गोरखापत्रमा समाचार छ ।

Back to top button