
रुकुम, ४ बैशाख।
पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ । मंगलबार भएको दुर्घटनामा परि मेयर शर्मा गम्भीर घाइते भएका छन् ।
पश्चिम रुकुमको मेलैनाउलीबाट खोला गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा गाडी दुर्घटना भएको हो ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।