‘निजी स्वास्थ्य संस्थामा औषधि किन्ने पैसा छैन, के हामी मर्ने ?’

बाजुरा,३ बैशाख ।
स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निस्शुल्क पाइने प्रावधान भए पनि कुनै पनि किसिमका औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभएको बिरामीको गुनासो छ। बडिमालिका नगरपालिका-३ की तुलादेवी खड्काले स्वास्थ्य संस्थामा निस्शुल्क पाइने भनिएका औषधि २५ सय रुपैयाँभन्दा बढी तिरेर निजी मेडिकलबाट किनेको गुनासो गरिन्। ‘सरकारले स्वास्थ्यचौकीमा औषधि पठाइएको कुरा गर्छ तर हामीजस्ता गरिबले औषधि किन्नुपरिरहेको छ’, खड्काले भनिन्, ‘ म मात्र होइन, अरू बिरामी पनि निजी औषधि पसलतिर धाइरहेका छन्।’ ‘जिल्ला अस्पतालमा औषधि छैन, यस्तो पनि हुन्छ रु ’ बडिमालिका नगरपालिका-९ की मीनाक्षी आचार्यले आक्रोश व्यक्त गरिन्, ‘निजी स्वास्थ्य संस्थामा औषधि किन्ने पैसा छैन। के हामी मर्ने ? आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।’

Back to top button
Close