प्रदेश न ५ व्यावसायिक कि सरकारी ? हेर्नुस मुख्यमन्त्रिको अाधिकारीक वेभसाइट

काठमाडौं, ३० चैत ।

पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीकाे आधिकारिक वेभसाइट हेर्नुभएकाे छ ? यदि हेर्नुभएकाे छैन भने हेर्नुस एकपटक यो लिंकमा http://www.pradesh-5.com लिंक हेरिसकेपछि यहाँलाई थाहाहोला कि वेभ साइट कुन प्रयोजनका लागी वनाइएकाे हो?

कमर्सियल कामका लागी .com  भनेर मुख्यमन्त्रि कार्यालयले मनपरि ढंगबाट वेभ साइट निर्माण गरेकाे छ ।

नेपाल सरकारको लोगो राखेर प्रदेश पाँचको आधिकारिक भनेर सार्वजनिक गरिएको यो वेबसाइटमा नाम देखि सबै कुरामा सरकारको मापदण्ड पुरा भएको छैन ।

आज मात्रै हेर्नु भयो भने पनि मुख्यमन्त्रिकाे २०७५ सालकाे शुभकामना भनेर आइसकेकाे छ । वेभसाइटकाे मापदण्ड सरकारी नियमकाे विषयमा किन मुख्यमन्त्रि कार्यलयले लापरवाही गरेकाे ?

नेपाल सरकारका सबै किसिमका वेभ साइटहरुकाे दर्ता नविकरण होस्टिङ तथा अन्य सबै काम राष्ट्रिय सुचना प्रविधि केन्द्रले गर्ने गर्दछ तर यहाँ त सबै सुचनाहरु यसरी देखिएका छन् ।

त्यो भन्दा पनि ठुलो कुरा र सरकारी वेबसाइट व्यापारीले बनाउने वर्गमा बनाईदैन, सरकारको वर्ग नै फरक हुन्छ । ५ न प्रदेशका मुख्यमन्त्रि पोखरेलले .gov.np मा बनाउनुपर्ने वेबसाइट .com मा बनाएकै कारण प्रदेश सरकारी व्यापारिक कि सरकारी भन्दै आलोचना भएकै छ । यसरी बनाइने साइटमा सरकारी डाटा र सूचना सुरक्षित हुदैनन् सबै किसिमका डाटाहरु हेर्न समेत सकिन्छ ।

DOMAIN INFORMATION
Domain:
pradesh-5.com
 Registrar:
NameCheap Inc.
 Registration Date:
2018-02-16
 Expiration Date:
2019-02-16
 Updated Date:
2018-02-16
 Status:
clientTransferProhibited
 Name Servers:
ns-1259.awsdns-29.org
ns-1770.awsdns-29.co.uk
ns-494.awsdns-61.com
ns-604.awsdns-11.net

सरकारी वेभसाइट प्राइभेट कम्पनिले वनाएता पनि सबै कुराहरु सरकारकै नियम अन्तर्गत रहने गर्दछन् तर यहाँ त वेभ साइट इमेत तथा इन्टरनेटकाे ज्ञान नै नभए जस्तो देखिन्छ मुख्यमन्त्रि कार्यालय बुटवलमा ।

कि त मुख्यमन्त्रीलाई थाहा नै छैन वेबसाइट के हो भन्ने, या त आफन्त वा कुनै व्यापारीको प्रलोभनमा परेर यस्तो गरे । यहाँबाट प्रस्ट हुन्छ कि मुख्यमन्त्री कति पानीमा छन् भनेर । हिँजोसम्म राज्यको केन्द्रीय राजनीतिमा खाल खेलेका राजनीतिक खेलाडी हुन् उनी, उनैलाई सरकारी वेबसाइट कस्तो हुन्छ भन्ने थाहा छैन भने यो भन्दा उदेकलाग्दो कुरा के हुन सक्छ ?

सरकारी जागिर खाने विभिन्न मन्त्रालयमा कम्युटर इन्जियनियर हरु छन् होला के मु्ख्यमन्त्रिले सल्लाह गरेर वेभ निमार्ण गरे त ?

Back to top button