खतरा पनि हुनसक्छ,विना मोजा जुत्ता लगाउँदा

काठमाडौं, ३० चैत ।

कलेज अफ पोडियाट्रीका अनुसार मोजा नलगाई जुत्ता लगाउँदा स्वास्थ्यमा समस्या हुनसक्छ । १८ देखि २५ वर्षका पुरुषमा विना मोजा र खराब फिटिंग हुने जुत्ता लगाउँदा धेरै खाले रोग लाग्ने खतरा हुन्छ,  पैतालाको उपचार विशेषज्ञ एम्मा स्टिफिल्सन भने ।

खास गरी एक दिनमा पैतालाबाट ३०० मिलिलिटर पसिना निस्किन्छ । रेड कार्पेटमा चर्चित कलाकारहरु विना मोजा जुत्ता लगाइरहेका भेटिन्छन् भने हामीमै पनि धेरै जसो जुत्ता मात्रै लगाएर हिँड्ने गरेका छौँ  । धेरै गर्मीको कारण पैतालामा इन्फेक्सनको डर हुने एम्माको भनाइ छ ।

फेसनकै लागि लगाएर कतै जाँदै हुनुहुन्छ भने विभिन्न कुराहरुलाई ध्यानमा राखेर जुत्ता लगाउनुपर्छ । जुत्ता लगाउनुअघि एन्टी पर्सिपरेन्ट स्प्रेको प्रयोग गर्नुपर्छ । यति हुँदाहुँदै पनि केही समस्या आए डाक्टरलाई खबर गर्नुपर्छ । एजेन्सी

Back to top button