वाइयात हल्ला चलाइयो फेसबुक बन्द हुने भन्दैः पत्रकार नै गर्छन सामाजिक संजालमा शेयर

काठमाडौं, २९ चैत ।

चैत २८ गते बुधवार बिहानदेखी सामाजिक संजालमा एउटा तस्विर खुब भाईरल भईरहेको छ । सुचना तथा संचार मन्त्रालयको लेटरहेड भएको तस्विरमा सामाजिक संजाल फेसबुक बन्द गर्ने कुरालाई उल्लेख गरिएको छ ।

सामाजिक संजालमा वाइयात समाचारहरु बेला बेलामा आउने नगरेका पनि होइनन् केहि हप्ता अगाडीमात्रै BFF काे हल्ला चलेकै थियो त्यसमा पनि समाजिक संजाल भरिएकै थिए ।

अहिले आएर एउटा सूचना तथा संचार मंत्रालएकाे लेटरप्याडमा फेरी अर्को सुचना सामाजिक संजालमा यतिबेला भाइरल भइरहेकाे छ । यो पनि वाइयात कुनै एउटा फेसबुक पेजकाे एडमिनले फुर्सदमा बनाएकाे फण्डा भन्दा केही फरक प्रदैन ।

नत त्यसमा कुनै सत्यतानै छ । तर हामी नेपालीकाे वानी कागले कान लग्यो भने काग भएतिर जान्छौ तर कान छाम्न थाल्दैनौ  यहि भएरनै यस्ता यि जस्ता वाइयात कुराहरु समाजिक संजालमा भाइरल हुने गर्दछन् ।

अझ अर्काे रोचक कुरा त के भने मै हुँ भन्ने पत्रकारले पनि कुरा त आयोनी भन्दै वाइयात समाचारहरु पोष्ट गरेकाे देख्दा आम सर्वसाधारण त किन नझुक्किउन र ?

स्तो छ संचार मन्त्रालयको लेटरहेड भएको आह्वानपत्रः

यो तस्विर हेरिसकेपछि हामीले सुचना तथा संचार मन्त्रालयको वेबसाईटमा मा हेर्यौ । तर मन्त्रालयको वेबसाईटमा सामाजिक संजाल बन्द गर्ने किसिमको कुनैपनि आव्हानपत्र वा बिज्ञप्ती भेटिएन र छैन पनि ,  त्यसका साथै भाईरल भईरहेको आव्हानपत्रमा ‘मिति’ फरक फन्टमा देखिएको छ । सरकारी कार्यालयको पत्रहरुमा सामान्यतया एउटै फन्ट हुनेगर्छ ।

साथै सार्वजनिक आव्हानपत्रमा भएको मन्त्रीको नाम नै फरक छ । अहिले संचार तथा सुचना प्रबिधी राज्यमन्त्रीमा गोकुल प्रसाद बास्कोटा हुनुहुन्छ भने आव्हानपत्रमा माधव पौडेल छ । यसकारण यसलाई फोटोसपबाट बनाइएको झुटो भन्नको लागि एकसेकेण्ड पनि हिच्किचाउन पर्दैन ।

Back to top button
Close