गृहसचिवले सर्वेन्द्र र शैलेन्द्रलार्इ लगाए आईजीपीको फुली

काठमाडाै‌, २९ चैत ।

नेपाल प्रहरीको २६अाैं महानिरीक्षक (आईजिपी)मा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको १०अाैं महानिरीक्षकमा शैलेन्द्र खनाले आईजीपीको फुली लगाएका छन्। गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाईआईजीपीको फुली लगाइ दिएका हुन्।

सर्वेन्द्र र शैलेन्द्र दुवैलाई मंगलबार सरकारले महानिरीक्षक पदमा नियुक्त गरेको थियो।नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएका हुन्।

मंगलबारको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीकाे डिआईजी वरियतामा एक नम्बरमा रहेका खनाललाई महानिरिक्षकमा र सशस्त्र तर्फ एअाईजी शैलेन्द्र खनाललाई बढुवा गर्ने निर्णय गरेको थियो।

Back to top button
Close