श्रृङ्खला खतिवडा बनिन् मिस नेपाल २०१८

काठमाडाैँ, २९ चैत ।

श्रृङ्खला खतिवडा यस वर्षको ‘मिस नेपाल २०१८’ बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । श्रङ्खलालाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहिर्याएकी थिइन् । उनी नेकपा एमाले सांसद दम्पती माननीयद्वय बिरोध खतिवडा र मुनु सिग्देलकी छोरी हुन् ।

उपाधिसँगै श्रृङ्लाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । बुधबार अबेर सम्पन्न प्रतियोगितामा मनिता देवकोटा ‘मिस नेपाल यूनिभर्स’ भइन् । उनी ‘मिस यूनिभर्स’मा सहभागी हुनेछिन् । ‘मिस नेपाल अर्थ’ विजेता प्रिया सिग्देलले बनिन् । उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस अर्थ’मा सहभागी हुनेछिन् । यस वर्षको ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले हात पारेकी छन् । रोनाली ‘मिस इन्टरनेशनल’मा सहभागी हुनेछिन् । प्रतियोगिताको मुख्य निर्णायक गोविन्द गजुरेल थिए ।

प्रतियोगिता द हिडेन ट्रेजरले आयोजना गरेको हो । स्मरण रहाेस केही वर्षअघिसम्म मिस नेपाल सौन्दर्य प्रतियोगिताको कम्युनिस्टहरु निकै बिराेध जनाउने गर्थे। विरोध प्रदर्शनका कारण मिस नेपाल आयोजना स्थलबाहिरकाे सुरक्षाब्यवस्था कडा बनाउनु पर्ने अवस्था समेत सिर्जना हुने गरेकाे थियाे । कम्युनिस्ट पार्टी निकट महिला संगठनहरूले यस्ता प्रतियाेगिताकाे बिराेधमा चर्काे अावाज उठाउने गरेका थिए ।

प्रतियोगीतामा विभिन्न १२ विधामा टाइल अवार्ड पनि दिइएको थियो । टाइटल अवार्डका विजेताहरुको नामावली यसप्रकार छः

ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवड
मिस फ्रेन्डसिपः साहारा लामा
मिस फोटोजेनिकः महिमा सिंह
मिस पक्चुअलः लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
मिस कन्फिडेन्टः आस्था साख
मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

Back to top button