चट्याङबाट दुई बालकको मृत्यु

डोटी, २८ चैत ।

जोरायल गाउँपालिकामा बुधबार दिउँसो चट्याङ लागेर दुई बालकको मृत्यु भएको छ ।

वडा नम्बर २, डाँडाखालीका चक्र भण्डारीको १२ वर्षीय छोराओमप्रकाश र खेम भण्डारीका ९ वर्षीय छोरा भुवनको चट्याङबाट मृत्यु भएकोे हो ।

भुवन र ओमप्रकाशलाई घरको आँगनमा खेलिरहेको बेला चट्याङ लागेको प्रहरीले जनाएको छ ।

Back to top button
Close