भोली बिदा हुन लागेका डिआईजीले लेखे यस्तो भावुक स्ट्याटस

काठमाडौं, २७ चैत ।

महानगरीय प्रहरी कार्यालयमा कार्यरत रहेका नेपाल प्रहरीका डिआईजी गणेश केसीले पनि आईजीपी प्रकाश अर्यालसँगै ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउँदैछन् ।

आईजीपी अर्यालसँगै नेपाल प्रहरीका १५ एआईजी, ९ डिआईजी र १ एसएसपी गरी २६ अधिकृतले उमेरहदका कारण नियमित अवकाश पाउँदैछन् ।

अवकाश पाउन एकदिन बाँकी रहँदा डिआईजी गणेश केसीले सामाजिक सञ्जाल फेसबुकमा आफू भोलिदेखि ‘नेपाल प्रहरी सेवा’ बाट निवृत हुन लागेको जानकारी दिएका छन् ।

‘ठुलालाई ढोक्ने र सानोलाई ठोक्ने’ प्रवृति विपरित अग्रजलाई आदर र जुनियरलाई स्नेह गर्ने व्यवहार शैलीकासाथ मेरो ३० वर्षे राष्ट्रसेवकको जीवन व्यतित हुँदैछ । राष्ट्र र राष्ट्रवासीप्रतिको कर्तव्यमा मन, वचन र कर्मले किञ्चित च्यूत भएको छैन भन्ने दावी सगर्व पेश गर्ने धृष्टता गर्दछु ।’ उनले लेखेका छन् ।

त्यस्तै स्ट्याटसको अन्त्यमा उनले चुनौतीपूर्ण एवं निर्मम कालखण्डमा समेत पारिवारिक दायित्व निर्वाह गरी मलाई कार्यक्षेत्रमा निर्धक्क काम गर्न हौसला दिने सबैलाई आभार व्यक्त गरेका छन् ।

फेसबुकमा केसीले लेखेका छन्, ‘माताज्यू,धर्मपत्नी,भाईहरु तथा आफ्नो पढाई लेखाईमा ध्यान दिई मलाई निश्चिन्त राख्ने प्यारा छोरी छोराहरूप्रति समेत आभार हुँदै देश र देशवासीको सोजो चिताउने प्रण गर्दछु।’

डिआईजी केसीको  स्ट्याटस जस्ताको तस्तै:-

भोलिदेखि नियमित रुपमा ‘नेपाल प्रहरी सेवा’बाट निवृत हुँदैछु ।

‘ठूलालाई ढोक्ने र सानालाई ठोक्ने’ प्रवृति विपरित अग्रजलाई आदर र जुनियरलाई स्नेह गर्ने व्यवहार शैलीकासाथ मेरो तीस बर्षे राष्ट्रसेवकको जीवन व्यतित हुँदैछ । राष्ट्र र राष्ट्रवासीप्रतिको कर्तव्यमा मन, वचन र कर्मले किञ्चित च्यूत भएको छैन भन्ने दावी सगर्व पेश गर्ने धृष्टता गर्दछु ।

मलाई कर्तव्य र दायित्व निर्वाह गर्न हौसला दिने अग्रज र साथ सहयोग दिने सहकर्मी सकल दर्जाका बहालवाला र निवृत भैसक्नुभएका पूर्व प्रहरीहरुप्रति आभार व्यक्त गर्दछु ।

विगत तीस वर्षको ‘प्रहरी जीवन’ले भोगेको अस्थिरता दुःख, कष्ठ, विपती र निर्ममता आगामि कालखण्डले भोग्नु नपरोस् भन्ने कामना गर्दछु ।

सबै तहको जिम्मेवारी निर्वाह गर्दा सुझाव, सल्लाह र स्वस्थ आलोचना गरी गुन लगाउनु हुने सेवाग्राही, नागरिक समाज, राजनीतिककर्मी, बुद्दीजिवी तथा पत्रकार मित्रहरुप्रति मुरीमुरी धन्यवाद व्यक्त गर्दछु ।

अन्तमा, चुनौतीपूर्ण एवं निर्मम कालखण्डमा समेत पारिवारिक दायित्व निर्वाह गरी मलाई कार्यक्षेत्रमा निर्धक्क काम गर्न हौसला दिनुहुने माताज्यू, धर्मपत्नी, भाईहरु तथा आफ्नो पढाई लेखाईमा ध्यान दिई मलाई निश्चिन्त राख्ने प्यारा छोरीछोराहरू प्रति समेत आभार हुँदै देश र देशवासीको सोझो चिताउने प्रण गर्दछु ।

जय नेपाल !

Back to top button