Trending

नेपाल एकीकरणको उदगम स्थल लिगलिगकाेट ः एकपटक अवश्य पुग्नैपर्ने ठाउँ

गोरखा: लामो इतिहास बोकेको नेपाल एकीकरणको उदगम स्थल सिङ्गो नेपाल र गोरखाको इतिहास झल्काउने एक मात्र ठाउँ हो लिगलिगकोट। जहाँ बाट नजिकैको छिमेकी जिल्ला लमजुङको राइनासकोट,चेपे नदि,चेपेघाट लगायत,मैबल,डुम्रेडाडा,भुसुन्डेफाट,सिरानचोक,गोरखा बजार र पालुङटारको पुरै फाट देख्न सकिन्छ।

यो गोरखाको पालुंङटार नगरपालिकाको वडा नम्बर -२ मा पर्छ।पालुङटार गरिब १२ किलोमीटरको दुरीमा रहेको यो स्थान समुन्द्री सतही देखि करिब १,४३७ मिटर (४,७९० फिट) उचाईमा रहेको छ। लिगलिगकोटमा ६० फिटको अग्लो पोलमा ४० फिट लामो नेपालको झण्डा राखिएको छ। जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू को मन लोभ्याउने गरेको छ। पछिल्लो समयमा पर्यटकको मुख्य आकर्षकका रुपमा रहेको लिगलिगकोटमा दिनहुँ दिन पर्यटकहरु बढ्दै गएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो, जहाँ हाल सो दरवार नभए पनि दरवारको भग्नावशेष यद्यपी त्यहाँ विद्यमान छ। लिगलिगकोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिरहरु रहेका छन्।

यस्तै ऐतिहासिक संरचनाहरु र यहाँको सुन्दर,शान्त वातावरणले नै जोकोहीको मन लोभ्याउने गर्छ। तलतिर फाटै- फाट र चारैतिर सेताम्मे भएको हिमाल र यताउतीको जंगलबाट आउने चरिको चिर-चिर आवाजले झनै आनन्द आउने यो ठाउँ साच्चिकै स्वर्ग जस्तै छ।

Back to top button