Trending

शिक्षण स्वयमसेवक परिचालन कार्यविधी २०७६ पारित भयो ! अब, शिक्षक नभएर पढाइ भएन भन्नेले पनि शिक्षक पाउने भए, अनि, पढेको छु पढाउने काम पाइन भन्नेले पनि जागिर पाउने भए ! —-

अब, शिक्षक नभएर पढाइ भएन भन्नेले पनि शिक्षक पाउने भए, अनि, पढेको छु पढाउने काम पाइन भन्नेले पनि जागिर पाउने भए ! —- शिक्षण स्वयमसेवक परिचालन कार्यविधी २०७६ पारित भयो !

सामुदयिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका विज्ञान, गणित, अग्रेजी र प्राविधिक बिषयका शिक्षक आवस्यक भए जति नियुक्ती गरिने ! —-

स्वयमसेयक शिक्षक नियुक्ती विधि:

१. केन्द्रले ७ दिनको सुचना दिएर विज्ञापन खोल्ने,

२.स्नातक र स्नातोकत्तर गरेकाले आवेदन दिन सक्ने,

३. स्नातकोत्तरलाई बढी प्राथमिकता,

४. जसले आफ्नो शैक्षिक योग्यताको मार्कसिटमा बढी अङ्क ल्याएको छ, उसैको पहिले जागिर पाउने (सोर्स, परीक्षा छैन)

५. केन्द्रले योग्यताक्रम निर्धारण गरि ७५३ पालिकामा नाम पठाउने,

६. फारम भर्दा आवेदकले स्थानिय तह आफै रोज्न पाउने, नगरिकतामा भएको ठेगाना पनि हेरिने,

७. लाइसेन्स, बिएड (तालिम)नचाहिने,

८. स्थानिय तहले योग्यताक्रमको आधारमा विद्यालयमा पठाउने,

९. विद्यालयले कम्तिमा साप्ताहिक २४ घण्टी दिएर पढाउन लगाउने,

१०. जागिर सम्झौता १ शैक्षिक सत्रको हुने,

११. कति शिक्षक चाहिँने हो, स्थानिय तहले माग गर्ने,

१२. बर्षमा १२ दिन र किरिया १५ दिन पाउने अरु कुनै नपाउने !

१३. हरेक चैत्र १५ भित्र आवस्यक शिक्षक कोटा निर्धारण भइसक्ने,

१४. तलब भनेको निर्वाह भत्ता मात्र २४ हजार देखि ३२ हजार सम्म,

१५. आन्दोलन गर्न चाहिँ पाइदै नपाइने !

१६. उमेर १८-४० हुनुपर्ने !

१७. यहि चैत्र मसान्त सम्ममा शिक्षक आउने !

—– २०७६ माघ २९ गते पारित कार्यविधी ! स्वयमसेवक शिक्षकको सारतत्व ।

Back to top button
Close