Trending

पन्त परिवारद्धारा मन्दिर पुननिर्माण, वडाध्यक्षद्धारा उद्घाटन

गोरखा संसार
फागुन ९, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित खोलाघाटमा रहेको ऐतिहासिक, धार्मिक मन्दिर मंगलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको अवसर पारी फागुन ७, ८ र ९ गते च्याङ्ली शिवरात्री धार्मिक तथा साँस्कृतिक मेला २०७६ का अवसर पारी मन्दिरको उदघाटन समेत गरिएको छ । मन्दिरको उदघाटन पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले उदघाटन गर्नुभएको थियो ।
च्याङ्लीको इतिहासको रुपमा रहेको उक्त मन्दिर २०७२ को भूकम्पपछि पूर्व बरिष्ट उपरीक्षक कल्पना पाण्डे र नेपालकै सर्वोत्कृष्ट गाई फर्म कामधेनु गाई फर्मका सञ्चालक राजेन्द्रराज पन्त र श्रीमती मञ्जु पन्त को लगानीमा पुननिर्माण गरिएको थियो । मन्दिर तथा पाटीको निर्माण गर्ने क्रममा लागेको सम्पूर्ण खर्च उहाँहरुले बेहोर्नुभएको हो ।
उक्त मन्दिर उहाँहरुका पुर्खाहरु सरदार तारानिधी पन्त, कप्तान हरिहर पन्त, स्व.आमा ओमलक्ष्मी पन्त र स्व. बुबा कृष्णराज पन्त र पति रामराज पाण्डेको स्मृतिमा निर्माण गरिएको बताइएको छ ।

Back to top button
Close