

गोरखा, ५ फागुन ।
नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाको आयोजना र आहाल भञ्ज्याङ मा.वि. थालाजुङको आतिथ्यतामा भएको जुनियर÷युवा रेडक्रसको ३० औं गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले १२ बुँदे आहाल भञ्ज्याङ घोषणापत्र जारी गरेको छ । जसमा जुरेस शिक्षक नायक, प्रधानाध्यापकहरुको संयुक्त गोष्ठी नियमित गर्नूपर्ने, रेडक्रसकर्मीलाई रेडक्रसका चिन्हहरु उपलब्ध गराउनुपर्ने, अवलोकन भ्रमण गराउनुपर्ने लगायतका रहेका छन् गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिरान्चोक गाउँपालिका अध्यक्ष राजु गुरुङले विपदको समयमा काम गर्ने मानवीय संस्था रेडक्रसले आफ्नो गाउँपालिकालाई रोजेर जिल्ला स्तरीय गोष्ठी गरेको भन्दै धन्यवाद दिए । गोष्ठीमा सिकेका कुराहरु जीवन व्यवहारमा लागु गर्न सहभागिहरुलाई उनले सुझाव दिए । कार्यक्रममा जिल्ला भरीका ३६ वटा विद्यालयका शिक्षक नायक, छात्र, छात्रा शिक्षकहरु सहभागि छन् । सोमबार सम्म चल्ने गोष्ठीमा सहजकर्ताहरु सिताराम ढकाल र खुनप्रसाद रेग्मीले सहजीकरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका जुनियर÷युवा रेडक्रस संयोजक भीमसेनकाजी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति भगवानबाबु मास्के, मन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आचार्य, विद्यालयका प्रधानाध्यापकहरु रुद्र पोखरेल, भोजराज कोइराला, सिरान्चोक गाउँपालिका वडा नंं २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ, विद्यालयका प्रधानाध्यापक केशर सिं बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DQTVLo2-Mnug%26feature%3Dshare%26fbclid%3DIwAR1apejDuFkYvSxPm7hV5MqWOvUU1j2w7KTWH7-DqusM_gV8cGlJVaDgYIA&h=AT1TL3IFwc7byZzlGmYa3Z2Gk7XR4XDEhS9kTKjO6WyVKpERtD4Of0N3JLEXR7OurZr-jHGLrC0YC3EKh8-Tlfk0xIfcy6eMKkqQmbu8pelSvvYNgcIGUMe-qugaWrKgRYO6