
दमक । समाजिक काममा सक्रिय झापाको पहिलो पाइला नेपाल दमकले कनकाईका दश अशक्त बालबालिकालाई खाध्यन्न सहितका समान सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच कनकाई नगरपालिका ४ स्थित पुकार अपांग अशक्त संस्थामा रहेका दश बालबालिकाहरुलाई सहयोग गरेको हो ।
बालबालिकालाई संस्थाले ३ बोरा (७५ किलो) चामल, ५ किलो दाल, ५ किलो चिनी, बिस्कुट, चाउचाउ, ५ लिटर तेल, डाइफर र साबुन वितरण गरेको पहिलो पाइला दमक शाखाका अध्यक्ष छवि बास्कोटाले जानकारी दिए ।
निर्मला ओझाद्धारा सञ्चालित पुकार अपांग अशक्त आश्रम सहयोगी दाताबाट मात्र चलिरहेकोले पहिलो पाइलाले सहयोग गरेको पनि बास्कोटाको भनाई छ ।