उत्थानशील पालुङ्टार निर्माणमा डकर्मीहरुको भूमिका महत्वपूर्ण – नगरप्रमुख कंडेल


गोरखा संसार,
माघ २७, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकामा डकर्मीहरुका लागि सञ्चालित दोश्रो चरणको पहिलो क्षमता अभिवृृद्धि तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख दिपक बाबु कंडेलले उत्थानशील पालुङ्टार निर्माणमा डकर्मीहरुको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । नगरपालिकाको वडा नं. ७ बिरुवाटारमा सञ्चालित दिने तालिमको समापन समारोहमा बोल्ने क्रममा डकर्मीहरुलाई घर निर्माण गर्दा आफ्नै घर सम्झेर गुणस्तरीय घर निर्माण गर्नका लागी आव्हान गर्नुभएको थियो ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले पालुङ्टार नगरपालिकामा स्थानीय डकर्मीलाई निजी आवास पुन निर्माणमा सहजीकरण गर्ने उदेश्यका साथ क्षमता अभिवृद्धि तालिम प्रदान गरिएकोे पालुङ्टार नगरपालिका क्लष्टर २ का परियोजना संयोजक नरेश निदालले बताउनुभयो । तालिममा १७ जना डकर्मीहरु सहभागी रहेका थिए भने तालिममा इन्जिनियर श्यामकृष्ण न्यौपाने, सहजकर्ता दयाराम लामिछाने, आवास निर्माण साथी क्रा लामा, विपिन के.सी. ले सहजीकरण गरेका थिए । इटाको गारोमा सिमेन्ट मसलाको जोडाई र पिल्लर वाला घरसम्बन्धी ३ दिने तालिम माघ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको क्लष्टर इिन्जिनियर श्यामकृष्ण न्यौपानेले बताउनुभयो ।
तालिममा ढुंगाको गारोमा माटो मसलाको जोडाई, इँटाको गारोमा सिमेन्ट मसलाको जोडाई, पिल्लरवाला घर, तारजालीको घर, ठाडो र तेर्सो कोठा विस्तार सहित ७ वटा विभिन्न विधामा सुरक्षित आवास निर्माण गर्ने तरिका सिकाईने सिनियर इन्जिनियर सन्तोष लामाले जानकारी दिनुभयो । तालिमका दौरान स्थानीय डकर्मीलाई ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक ज्ञान दिइएको समेत सिनियर इन्जिनियर लामाले बताउनुभयो ।
अहिलेसम्म पालुङ्टार नगरपालिका भरि ४ स्थानमा सम्पन्न तालिमबाट ७७ जना डकर्मीहरुले तालिम लिइसकेको र प्रत्येक चरणको तालिममा १५ जना सहभागी गराइनुका साथै तालिम पश्चात प्रमाणपत्र समेत दिइने क्लष्टर २ का इन्जिनियर श्यामकृष्ण न्यौपानेले जानकारी दिनुभएको छ ।

Back to top button
Close