
कविराज ढकाल , काठमाडौं नेपाल ||
पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् | प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ | पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् | भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ | कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो |
यसै सन्दर्भमा रविन लामिछाने अत्यन्तै चर्चाको शिखर बोटल्न सफल एक अब्वल गायक एवम् सर्जकको रुपमा स्थापित भएका गायक सर्जक रविन लामिछानेले सारङ्गि संसारको एऊटा भागमा दोहोरी गाएक छन् | प्रायजसो युटुवको ट्रेडिङ्गमा पर्ने लाईभ दोहोरी मध्ये गायक रविन लामिछानेले गाएका दोहोरीहरु प्रशस्तै थिए | उनिका फ्यान शुभचिन्तक साथिभाई रविनले कस्तो दोहोरी गाऊलान् , उनको गित कस्तो आऊलान् भनेर धेरै प्रतिक्षामा पनि रहेका छन् |
सारङ्गि संसारको अफिसियल युटुब च्यानलबाट उक्त दोहोरी सार्वजनिक भएको छ भन्ने उक्त दोहोरीमा गोरखाता दुई चर्चित गायक गायिका विच घम्साघम्सि दोहोरी भएको छ | गायक सर्जक रविन लामिछाने (गोरखा) ले प्रतिनिधित्व गर्नु भएको छ उहालाई साथ दिदै हुनुहुन्छ इमेज लोक स्टार पब्लिक विजेता शितल गुरुङ (चितवन) , झलक चन्द (नेपालगन्ज) भने केटिहरुको प्रतिनिधित्व गर्नु भाछ गायिका चर्चित देवि आले (गोरखा ) र उहालाई साथ दिदै हुनुहुन्छ प्रेमा राना (बाग्लुङ) , मिना खड्का ||
निकै गहकिला शब्दहरुको साथमा गायक रविन र गायिका देवि आले निकै मिठो घम्साघम्सी दोहोरी भएको छ | गाऊले माया प्रेम को कुरालाई टपप्क टिपेर लाईभ दोहोरीको मार्फत निकै मिठो तरिकाले प्रस्तुत गरिएको छ | पुरानो लोकप्रिय भाका नजाऊ है सानु पधेरिमा दोहोरी गाईएको छ |
दोहोरी हेर्नको लागि तलको लिंक खिच्नुहोला