आँबुखैरेनी गाउँपालिका वडा नं. २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।।

आँबुखैरेनी, माघ २२ गते ।

आँबुखैरेनी गाउँपालिका वडा नं. २ को सार्वजनिक सुनुवाई कार्यक्रम तिलबारी आमा समुहको भवन मार्किचोकमा आज सम्पन्न भएको छ । वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापाको सभापतित्वमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा प्रमुख अथिती, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ विशेष अथिती रहनुभएको थियो । कार्यक्रममा सहभागिहरुले खानेपानी, कृषि, शिक्षा, पर्यटन पूर्वाधार तथा वन जंगल सम्बन्धि गुनासो तथा समस्याहरु राखेका थिए । सोे गुनासो तथा समस्याहरुको जवाफ वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा, गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले दिनुभएको थियो ।

Back to top button