आँबुखैरेनी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७६ सुरु ।।

 

आँबुखैरेनी, माघ १९ गते ।

आँबुखैरेनी गाउँपालिकाको आयोजनामा आजबाट आँबुखैरेनी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । आँबुखैरेनी–२, कुडुलेटार मार्किचोकमा माघ २१ गते सम्म संचालन हुने प्रतियोगिताको एक समारोहकाबीच जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै वाग्लेले शिक्षाको विकासको लागि खेलकुद अनिवार्य रहेको बताउनुभएको छ । त्यस्तै, उहाँले यस किसिमको प्रतियोगिताले खेलकुदको माध्यमबाट नागरिकलाई सभ्य नागरिक बनाउको लागि उल्लेख योगदान पु¥याउनेमा बिश्वस्त रहेको बताउनुभएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुुर थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, जिल्ला समन्वय समिती तनहुका सदस्य अर्जुन अधिकारी, एन्फाका केन्द्रिय सदस्य तथा एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठ , नेकपा आँबुखैरेनी गाउँ पाटीका अध्यक्ष प्रेम तमु, आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के.सी. लगाएतकाले मन्तव्य राख्नुभएको थियो । पं्रतियोगिताको उद्घाटनको दिन आज विभिन्न विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच हिसाब दौंड प्रतियोगिता, छात्र तथा छात्रा तर्फ भलिबल प्रतियोगिता र छात्र तथा छात्रा तर्फ १५००÷२०० मिटर दौंड प्रतियोगिता सम्पन्न भएको गाउँपालिकाकाले जनाएको छ । प्रतियोगिता अन्तर्गत भोलि माघ २० गते सोमबार विभिन्न विद्यालयका छात्र तथा छात्राहरुबीच १००,४००, ८०० मिटर दौंड प्रतियोगिता, छात्र तथा छात्राहरुबीच रिले दौंड, छात्र तथा छात्राहरुबीच लङ्ग जम्प, त्रिपल जम्प, फुटबल र भलिबल प्रतियोगिता हुनेछ । त्यस्तै, यही माघ २१ गते मंगलबार ज्याप्लिङ थ्रो, हाइ जम्प, सटपुट, रिले दौंड र फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ ।

Back to top button