
गाेरखा संसार , माघ १४
बन्दिपुर गाउँपालिका ४ लोहीपाखामा चितुवाको आक्रमणबाट १० वर्षका बालक इशक सुनारको मृत्युु पछि मंगलबार बिहानै प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानको नेतृत्वमा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने, बन्दिपुर गाउँ पालिकाका अध्यक्ष पुर्णसिंह थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक बिनोद सिलवाल,डिभिजन वन कार्यालयका प्रमुख केदार बराल सहितको टोलीद्वारा घटनास्थलको अनुगमन तथा पीडित परिवारसँग भेट गरि समवेदना प्रकट गर्नु भयो । सो क्रममा सांसद श्रेष्ठले राज्यको तर्फबाट पीडित परिवारलाई तत्कालको राहत स्वरुप ५० हजार र बन्दिपुर गाउँ पालिकाको तर्फबाट ५० हजार गरि एकलाख रुपैयाँ हस्तान्तरण गर्नु भयो । उहाँले सो क्रममा आफू संधै जनताको साथमा र जनताको प्रतिनिधि रहेको हुदा जनताको पीडा आफुले महशुस गर्ने बताउनु भयो ।