माझथर माध्यमिक बिद्यालयको ४६औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

गाेरखा संसार

सलिना गुरूङ

माघ १२, गाेरखा ।

गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नम्बर 3स्वाँरामा रहेको माझथर माध्यमिक बिद्यालयको ४६औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।स्थापना भएको ४६ बर्ष भएको अवसरमा विद्यालयले विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित औपचारिक कार्यक्रम गरेर बार्षिक उत्सव मनाएको हो सोही अबसरमा जिल्ला आयोजना इकाई गोरखाबाट नवनिर्मित ४कोठे भवन समेत उद्घघाटन गरिएको थियो।बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष गोल बहादुर गुरूङको अध्यक्षता तथा गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो।कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेत,गण्डकी प्रदेश क्षेत्र नम्बर २ (ख)का सांसद प्रकाशचन्द्र दवाडी, नेकपाका जिल्ला सचिव प्रेम गुरूङ,बारपाक सुलिकोट गाँउपालिकाका अध्यक्ष बिष्णु भट्ट, उपाध्यक्ष सन मायाँ गुरूङ,वडा नम्बर ३का वडा अध्यक्ष सुक वहादुर तामाङ,समाजसेवी डिल बहादुर तामाङ लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो।भने विद्यालयका प्रधानाध्यापक उत्तम कुमार बरामले बार्षिक एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।त्यस्तै बार्षिक उत्सवकै अवसरमा भएको अन्तर मावि गाँउपालिका स्तरिय वक्तित्वकला प्रतियोगितामा शैलपुत्री माध्यमिक बिद्यालयका अबिशेक वाक्ले प्रथम,सुर्यज्योति माध्यमिक बिद्यालयकी अनिशा देवकोटा दितिय, माझथर माध्यमिक बिद्यालयकी सम्जना बराम तृतिय भएको छ।कार्यक्रममा ११/१२कक्षा सन्चालनको लागि सबै भन्दा धेरै एक लाख दश हजार रूपियाँ सहयोग रकम दिने गम मायाँ तामाङलाई सम्मान गरेको थियो।त्यस्तै गण्डकी प्रदेश क्षेत्र नम्बर २ (ख)का सांसद प्रकाशचन्द्र दवाडीले आगामी शैक्षिक शत्र बाट सोही विद्यालयमा अध्ययनरत १०जना असहाय तथा गरिब बिद्यार्थीललाई छात्रावृत्ति दिने घोषणा समेत गर्नु भएको छ।

Back to top button